ताजकिस्तानसँग उसैको घरेलु मैदानमा भिड्दै नेपाल
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न ताजकिस्तान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार आफ्नो पहिलो खेलमा आयोजक राष्ट्रको सामना गर्दैछ । नेपाल र ताजकिस्तानबिचको खेल नेपाली समय अनुसार, साँझ ६ः४५ बजे सुरु हुनेछ ।
तीन राष्ट्र सम्मिलित मैत्रीपूर्ण खेलमा तेस्रो टोलीको रुपमा अफगानिस्तान रहेको छ । नेपाल र अफगानिस्तानबिचको खेल भने मंसिर १ गते खेलिने छ । विश्व फुटबल महासंघ (फिफा)द्वारा घोषित पछिल्लो वरीयतामा नेपालभन्दा ताजकिस्तान निकै अगाडि छ ।
वरीयतामा ताजकिस्तान १०५औँ स्थानमा आसिन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको १७६औँ स्थानमा छ । वरीयतामा अफगानिस्तान पनि नेपालभन्दा अगाडि रहेको छ । पछिल्लो वरीयतामा अफगानिस्तान १५१ औँ स्थानमा छ ।
मैत्रीपूर्ण खेलका लागि घोषित नेपाली टोलीमा गोलरक्षकको भूमिकामा किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल सुनार रहेका छन् । डिफेन्डरमा अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दिप पौड्याल र अन्जल महर्जन रहेका छन् ।
यसैगरी, मिडफिल्डरमा रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान र सुमित श्रेष्ठ रहेका छन् । स्ट्राइकरमा जिलेस्पीजंग कार्की, अञ्जन विष्ट र निराजन धामी रहेका छन् । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नविन न्यौपाने र सहायक प्रशिक्षकमा चेतकुमार घिमिरे रहेका छन् । गोलरक्षक प्रशिक्षकमा नवीन महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
भारतविरुद्धको टी-ट्वेन्टी श्रृंखलामा हारबाट जोगियो इंग्ल्याण्ड
-
अमेरिकी डलर, चिनियाँ युआन, रियाल, दिनारको मूल्य बढ्यो, कसको कति ?
-
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
-
चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
-
अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया