अपार्टमेन्टमा मृत भेटिए दक्षिण कोरियाली अभिनेता सङ्ग जेई रिम
सोल । दक्षिण कोरियाका चर्चित अभिनेता सङ जे रिमको निधन भएको छ । ३९ वर्षको उमेरमा अभिनेता संसारबाट बिदा भएका छन् । नोभेम्बर १२ मा आफ्नो अपार्टमेन्टमा उनी मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण अझै खुल्न सकेको छैन ।
सुम्पीका अनुसार सोङ जे रिम सियोलको सोङडोङ जिल्लाको एउटा अपार्टमेन्टमा मृत फेला परेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । घटनास्थलमा ‘दुई पृष्ठको चिठ्ठी’ भेटिएको बताइएको छ । अभिनेताको अन्तिम संस्कार नोभेम्बर १४ मा गरिँदै छ ।
‘एक्ट्रेसेस’बाट गरेका थिए डेब्यु
रिमले सन् २००९ मा ‘एक्सटेसेस’ फिल्मबाट डेब्यू गरेका थिए । ‘द मून एम्ब्रेसिङ द सन’ले उनलाई चर्चामा ल्यायो । उनले शोमा वफादार अङ्गरक्षक, लॉर्ड किम जे–उनको भूमिका निभाएका थिए । यो फिल्ममा उनी साइड रोलमा थिए । यो सिरिजको सफलतापछि उनले थप केही शोमा काम गरे । टू विक्समा उन डरलाग्दो खलनायकको भूमिकामा देखिएका थिए ।
यसबाहेक उनले अनकाइन्ड लेडिज, सिक्रेट मदर, आइ वाना हियर योर सङ्ग, क्याफे मिनामडांगमा पनि काम गरेका छन् । हालै उनी ‘माइ मिलिट्री भ्यालेन्टाइन’ जस्ता शोमा देखिएका थिए । यस वर्ष आएको सिरिज ‘वी गट म्यारिड सिजन ४’मा आफ्नो भूमिकाका कारण उनी निकै चर्चामा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
-
राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ : योगेश भट्टराई
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा