स्कटल्यान्डका अलराउन्डर माइकल लिस्क पोखरा एभेन्जर्समा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा स्कटल्यान्डका माइकल लिस्कले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखरा एभेन्जर्सले उनलाई विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको हो ।
३४ वर्षीय लिस्क अलराउन्डर खेलाडी हुन् । उनी लामो छक्का प्रहारका लागि परिचित छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६७ खेल खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले कुल सात सय २६ रन बनाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर ५८ रन हो ।
यी अलराउन्डर खेलाडीले टी–२० अन्तर्राष्ट्रियमा ४१ विकेट पनि लिएका छन् । ‘पोखरा एभेन्जर्ससँग जोडिन पाउँदा म निकै खुसी छु । आगामी एनपीएलमा पोखरालाई सफलता दिलाउन सक्दो प्रयास गर्नेछु,’ लिस्कले भनेका छन् ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लिस्कको आगमनले पोखराको मनोबल थप उच्च भएको बताएका छन् । टोलीका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले पनि विदेशी खेलाडीको आबद्वताले टोली र एनपीएलको स्तर वृद्धि भएको बताए ।
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो ।
पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । केही समयअघि काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा पोखरा एभेन्जर्सले एक खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ खर्चिएको थियो । पोखरा एभेन्जर्सले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सागर ढकाल हुन् ।
यसैगरी, पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार रुपैयाँमा खरिद गरेको थियो । पोखरा एभेन्जर्सले चारजना खेलाडीका लागि १०–१० लाख रुपैयाँ र दुईजना खेलाडीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो ।
पोखरा एभेन्जर्सले १० लाख रुपैयाँमा किनेको खेलाडी किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलीप नाथ हुन् । पोखरा एभेन्जर्सले पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी तृतराज दास र सुनाम गौतम हुन् । पोखरा एभेन्जर्सले दिनेश खरेल र अमृत गुरुङलाई दुई–दुई लाख रुपैयाँमा खरिद गरेको थियो । पोखरा एभेन्जर्सले अक्सनमा कुल ८० लाख ५० हजार रुपैयाँ खर्चिएको थियो ।
पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् । राजीवले विश्वकै लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारीको कर र जरिवानामा १००% छुट
-
सुमो दुर्घटनाका घाइते राईको मृत्यु
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’