कार दुर्घटनामा परेका फुटबल खेलाडीको उपचारको क्रममा निधन
क्वीटो । करिब एक महिनाअघि कार दुर्घटनामा परेर गम्भीर घाइते भएका इक्वेडरका फुटबल खेलाडी मार्को एंगुलोको २२ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति उपचारको क्रममा उनको निधन भएको हो ।
गत अक्टोबर ७ मा राजधानी क्वीटोबाट दक्षिणमा भएको दुर्घटनापछि एलडीयू क्वीटोका मिडफिल्डर अस्पतालमा रहेका थिए । स्थानीय मिडियाका अनुसार यस अवधिमा उनको थुप्रै पटक अपरेसन गरिएको थियो भने उनले एक हप्ता आईसीयूमा बिताएका थिए ।
उनको क्लबले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै उनको निधनबारे जानकारी दिएको छ । क्लबले शोक सन्तप्त परिवार र आफन्तप्रति समवेदना प्रकट गरेको छ ।
अमेरिकाको मेजर लिग सकर एफसी सिनसिनाटीमा एक सिजन बिताएका एंगुलो गत मार्च २०२४ मा ऋणमा एलडीयू क्वीटो आइपुगेका थिए । उनले क्लबका लागि १६ खेल खेलेका थिए । उनको अन्तिम खेल ६ अक्टोबरमा थियो ।
उनले इक्वेडरका लागि सन् २०२२ को नोभेम्बरमा डेब्यू गरेका थिए । उनी इराकविरुद्ध गोलरहित बराबरी खेल्दा सब्सटिच्युटका रूपमा मैदानमा प्रवेश गरेका थिए । उनले हालसम्म देशका लागि तीन खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि
-
हिट किक बक्सिङका खेलाडी घिमिरे नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत
-
अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने
-
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
-
काठमाडौँमा छविलाल जोशीको बयान सुरु