शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

झारखण्डमा पहिलो चरणसहित उपचुनावका लागि मतदान सुरु

बुधबार, २८ कात्तिक २०८१, ०९ : २९
बुधबार, २८ कात्तिक २०८१

राँची । झारखण्डमा बुधबार विधानसभा चुनाव अन्तरगत पहिलो चरणको मतदान सुरु भएको छ । यस चरणमा राज्यको ८१ विधानसभा सीटहरू मध्ये ४३ मा मतदान भइरहेको छ।

राज्यका पूर्व मुख्यमन्त्री चम्पाई सोरेन र पूर्व सांसद गीता कोडासहित ६८३ उम्मेदवारको सिटमा आज मतदान हुँदैछ।

झारखण्डमा दुई चरणमा विधानसभा चुनाव हुँदैछ। दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ भने निर्वाचनको नतिजा नोभेम्बर २३ मा सार्वजनिक हुनेछ।

झारखण्ड बाहेक बिहार, पश्चिम बंगाल, मध्य प्रदेश, छत्तीसगढ, केरला, राजस्थान र असमका विभिन्न लोकसभा र विधानसभा सिटहरूमा उपचुनावका लागि मतदान भइरहेको छ। कांग्रेस महासचिव प्रियंका गान्धी वायनाड लोकसभा सीटबाट चुनावी मैदानमा छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप