नागढुंगा सुरुङ्गमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक बन्द हुने
बुधबार, २८ कात्तिक २०८१, ०८ : ४८
![नागढुंगा सुरुङ्गमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक बन्द हुने](https://npcdn.ratopati.com/media/news/naagdhunga_tQW0c37MOO.jpg)
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले भोलि बिहीबारदेखि नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाबाट काठमाडौँ–धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) क्षेत्रमा यातायात आंशिक बन्द गरिने जनाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा ढलान काट्ने कार्य गर्नु पर्ने भएकाले कात्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुई तर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने गरी सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी दिएको हो ।
एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा स्थानीय सेवा ऐन विवाद : संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा, पालिकाको काम ठप्प
-
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
-
सोमबार कुन राशिका लागि शुभ ?
-
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर