शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुर्खेतको प्रसिद्ध देउती बज्यै मन्दिरमा महिला पुजारी मृत फेला

बुधबार, २८ कात्तिक २०८१, ०८ : ३१
बुधबार, २८ कात्तिक २०८१

सुर्खेत । प्रसिद्ध देउती बज्यै मन्दिरको मूल ढोकामा महिला पुजारी झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । वीरेन्द्रनगर नगरपालिका–११, बस्ने अन्दाजी ५० वर्षीय सरस्वती राजी सलको पासो लगाएर मन्दिरको मूल ढोकामा मृत भेटिएकी हुन् ।

उनी त्यहाँको महिला पुजारी रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अहिले घटनाबारे अनुसन्धान भइरहेको रातोपाटीलाई बताए ।

‘हाम्रो सुब्बाकुना प्रहरी टोलीले आज बिहानै खबर भएको रहेछ, अहिले जिल्लाबाट पनि थप प्रहरी खटाएका छौँ,’ उनले भने, ‘घटनास्थल सुरक्षित राखेका छौँ । अनुसन्धान भइरहेको छ ।’

मन्दिरमा घटना घटेपश्चात पूजाआजा  बन्द गरिएको छ ।देउती बज्यैमा हरेक दिन बिहान दैनिक ५ सय भन्दा बढी भक्तजनहरूले पूजाआजा गर्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप