बैजनाथमा एकादशी रात्रि मेला
बाँके । बैजनाथ गाउँपालिका–६ लालपुरमा ऐतिहासिक पौराणिक हरिबोधनी एकादशी रात्रि मेला मङ्गलबार साँझबाट सुरु भएको छ ।
हरिबोधनी एकादशीका अवसरमा लालपुरस्थित खुला मैदानमा तुलसी विवाह विशेष पूजाआजा गरी साँझ एकादशी मेलाको औपचारिक रुपमा शुभारम्भ भएको गाउँपालिका–६ का वडाध्यक्ष भुपाल पुनमगरले जानकारी दिए ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हरिबोधिनी एकादशी रात्रि मेला परम्परागत रुपमा वर्षैदेखि लाग्दै आएको छ । विगतमा बर्दियाको बाँसगढी नगरपालिकाअन्तर्गत पर्ने महादेवा गाउँमा लाग्दै आएको एकादशी मेला करिब दुई दशकदेखि मानखोला बारी बाँकेको बैजनाथ–६ लालपुरस्थित खुला क्षेत्रमा लाग्दै आएको हो । वडा कार्यालयको संरक्षकत्वमा हुँदै आएको मेलाको व्यवस्थापन स्थानीय न्यू जर्नी युवा क्लबले गरेको वडाध्यक्ष पुनमगरले बताए ।
मेलामा परम्परागत सांस्कृतिक तथा मौलिक नृत्य, झाँकीहरु, मनोरञ्जनका रमाइला खेलहरु, व्यापारिक स्टल रहने आयोजक तथा व्यवस्थापनको जिम्मा लिएको न्यू जर्नी युवा क्लबका सचिव सुमन विश्वकर्माले जानकारी दिए ।
साँझ पख सुरु भएर रातभर सञ्चालन हुने लालपुर एकादशी मेलामा बाँके र बर्दिया जिल्लाका टाढाटाढाबाट सर्वसाधारण पुग्ने गरेको बैजनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर रुचालले बताए ।
परापौराणिक कालदेखि महादेवा मेलाका रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई बचाउने उद्देश्यले स्थानीय पञ्चेबाजा, सिङ्गारु झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाचजस्ता सांस्कृतिक प्रस्तुति रहने गरेका छन् । मेला बुधवार दिउँसो १२ बजेसम्म निरन्तर सञ्चालन हुने निवर्तमान अध्यक्ष रुचालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक
-
बागमतीमा भागबण्डाका लागि मन्त्रालय थपिन्छ तर छैन कानुनी अधिकार
-
शीतल निवासको गार्डेन सजाउन २४ लाखको ठेक्का !
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो
-
पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो