आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

हलिउड अभिनेता ड्वेन जोनसनले भने, 'काममा हुँदा मैले बोतलमै पिसाब गरेको छु'

बुधबार, २८ कात्तिक २०८१, ०१ : ५२
बुधबार, २८ कात्तिक २०८१

लस एञ्जलस । केही समयअघि हलिउड अभिनेता ड्वेन जोन्सनलाई फिल्म रेड वनको सेटमा ढिलो आइपुगेको आरोप लागेको थियो । 

यसबाहेक, केही समाचारमा उनले फिल्मको सेटमा दुर्व्यवहार गरेको दाबी पनि गरिएको थियो । जोनसनले यतिबेला यी सबै आरोपमा आफ्नो मौनता तोडेका छन् । 

कहिलेकाँही सेटमा ढिलो पुगे पनि मिडियामा बताए जस्तो ढिलो नभएको उनले बताएका छन् । सेटमा आफूले पानीको बोतलमा पिसाब फेरेको चाँहि उनले स्वीकार गरेका छन् ।
 
जीक्यू पत्रिकासँगको अन्तरवार्तामा, ड्वेन जोनसनले ढिला आउने आफ्नो बानीबारे सोधिएका प्रश्नहरूको जवाफ दिएका थिए । उनले भने, ‘आएका खबरहरू पूर्णरुपमा सही थिएनन् । तर केही कुरा सत्य चाँहि थिए । मैले सधैं भनेको छु म यहीँ छु, आउनु मलाई सोध, म तिमीहरूलाई सत्य बताउनेछु ।’
 
‘हो, मैले कामको समयमा पानीको बोतलमा पिसाब गरेको छु, तर समाचारमा भनिए जसरी म कहिलेकाहीँ आठ घण्टा ढिलो सेटमा आएको चाँहि सत्य होइन । यो सरासर बकवास हो । मलाई कामको जिम्मेवारी लिन मन पर्छ ।’ उनले भनेका छन् ।
 
‘जोनसनले कहिल्यै आफ्नो कामलाई छोड्दैनन् । हो, उनी कहिलेकाहीँ ढिलो सेटमा पुग्न सक्छ । तर सेटमा ढिलो पुग्नु हलिउडमा सामान्य कुरा हो । यो सबैसँग हुन्छ ।’ ड्वेन जोनसनलाई समर्थन गर्दै रेड वन निर्देशक जेक कासदानले भने ।
 
ड्वेन जोनसनका सह–अभिनेता क्रिस इभान्सले पनि उनलाई समर्थन गरेका छन् । ‘जोनसन कतिबेला आइपुग्छन् भन्ने सम्पूर्ण टोलीलाई राम्रोसँग थाहा छ, त्यसैले समयको बर्बादी हुँदैन ।’ इभान्सले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप