समाचार
जन्ती बोकेको बस नदीमा खस्दा कम्तीमा १६ जनाको मृत्यु
बुधबार, २८ कात्तिक २०८१, ०२ : ००
पाकिस्तान । पहाडी गिलगिट-बाल्टिस्तान क्षेत्रमा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
विवाहका लागि जाँदै गरेको बस सिन्धु नदीमा खस्दा २३ जना नदीमा डुबेका छन् । स्थानीय प्रहरीका अनुसार अहिलेसम्म १६ जनाको शव फेला परेको छ । दुर्घटनामा परी घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परी दुलाहा पनि घाइते भएका छन् । वरिष्ठ प्रहरी अधिकृत अधिक्षक शेर खानका अनुसार बस अस्टोरबाट पञ्जाबको चकवाल जानेक्रममा तेलजी पुल नजिकै नदीमा खसेको थियो ।
घटनाका विषयमा पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले दुख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी