शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

मौरिससको नयाँ प्रधानमन्त्रीमा रामगुलाम नियुक्त

बुधबार, २८ कात्तिक २०८१, ०१ : ३०
बुधबार, २८ कात्तिक २०८१

पोर्ट लुइस । मौरिससको चुनावमा भारी बहुमत हासिल गर्दै विपक्षी नेता नवीन रामगुलाम नयाँ प्रधानमन्त्री बनेका छन् ।

मंगलबार राष्ट्रपति पृथ्वीराजसिंह रुपनले संविधानको धारा ५९ (१) बमोजिम रामगुलामलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

उनको पार्टीले संसद्‌का ६२ मध्ये ६० सिट जितेको छ । ७७ वर्षीय रामगुलाम १० वर्षपछि सत्ताको बागडोरमा फर्किएका हुन् ।

उनी नेतृत्वको गठबन्धन डु चेन्ज (एडीसी)ले संसद्‌मा चामत्कारिक जित हासिल गर्दै सरकारमा आएको हो ।

त्यहाँको निर्वाचन आयोगका अनुसार एडीसीले आइतबार भएको मतदानमा ६२.६ प्रतिशत मत पाएको छ । 

चुनावी परिणामपछि तत्कालीन प्रधानमन्त्री प्रविन्द जगन्नाथले राजीनामाको घोषणा गरेका थिए ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै रामगुलामले आफ्नो पहिलो काम देशको जासुसी प्रणालीलाई ध्वस्त पार्ने र सर्वसाधारणले सहजरुपमा आवतजावत गर्न सक्ने अवस्था सिर्जना गर्ने भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप