लगातार दुई निर्णय हुँदा पनि कुलमानले किन जोडेनन् उद्योगको लाइन ?

काठमाडौँ । लगातार दुई निर्णय हुँदा पनि नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङले उद्योगको लाइन जोडेका छैनन् । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा काटिएका उद्योगहरूमा मंगलबार साँझसम्म पनि उनले लाइन जोडेका छैनन् ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले मंगलबार लाइन जोड्ने निर्णय गरेको थियो ।
त्यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले लाइन जोड्न निर्णय गरेको ४८ घण्टा बित्दासमेत उद्योगहरूमा लाइन जोडिएको छैन ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बिस्तारै सबै उद्योगमा लाइन जोडिने बताएका छन् । उनले भने, ‘गृहकार्य गरिरहेका छौँ । बिस्तारै सबै उद्योगमा लाइन जडान हुन्छ । अहिले भारतीय बजारमा गरिएको बिडलाई पनि ध्यान दिनुपर्छ ।’
प्राधिकरणले नेपालमा प्रयोग भएर बचेको विद्युत् भारतलाई बेच्दै आएको छ । भारतीय बजारमा पठाउने बिजुली अघिल्लो दिन नै बिड गर्नुपर्छ । काटिएका उद्योगमा करिब २०० मेगावाट विद्युत् उपयोग हुने प्राधिकरणको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी