उपनिर्वाचनमा तालमेल गर्न माओवादीले दियो स्थानीय कमिटीलाई नै अख्तियारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ बाहेकका कुनै दलहरूसँग तालमेल गर्नुपर्ने भएमा स्थानीय कमिटीले नै निर्णय गर्न सक्नेगरी अख्तियारी दिएको छ ।
कार्तिक २६ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को बैठकले निर्णय गरेर स्थानीय कमिटीलाई नै अख्तियारी दिएको एक नेताले रातोपाटीलाई बताए ।
‘कतिपय स्थानीय तहहरूमा अन्य समाजवादी, बाम–देशभक्त तथा प्रतिपक्ष घटकहरूसँग सहकार्य गर्नुपर्ने स्थिति पैदा भएमा स्थानीय पार्टी कमिटीले नै निर्णय गर्न सक्नेगरी अख्तियारी दिइएको छ’, ती नेताले भने । उपनिर्वाचनको तयारीमा जुट्न र निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन सम्पूर्ण पार्टी पङ्क्ति परिचालित गर्नेगरी निर्णय भएको पनि उनको भनाइ छ ।
उनले तालमेलको अधिकार स्थानीय कमिटीलाई दिइएको भएपनि एकल रूपमा विजय प्राप्त गर्नमा नै पार्टीको पहिलो जोड हुने बताए ।
उनका अनुसार पार्टीका पदाधिकारीहरू पनि आवश्यकता अनुसार उपनिर्वाचनका प्रचार कार्यक्रमहरूमा सहभागी हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै