शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

‘के पप टुर इन नेपाल’हुँदै, जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्तुति दिने

मङ्गलबार, २७ कात्तिक २०८१, १९ : ३९
मङ्गलबार, २७ कात्तिक २०८१

काठमाडौँ । आगामी डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । हायात होटलमा दिउँसो १ देखि राती १० बजेसम्म हुने कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरुले संयुक्त रुपमा प्रस्तुति दिने आयोजकले बताएको छ ।

नेपालसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना हुन लागेको हो । यो अवसरमा अन्य केही कार्यक्रम पनि नेपालमा आयोजना भइरहेका छन् । यही अवसरमा डिसेम्बर महिनामा ‘के पप टूर इन नेपाल’ आयोजना हुन लागेको हो ।

नेपालका कलाकारहरूसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको  संस्कृति झल्कने प्रस्तुति  दिनेछन् । यसका लागि नेपाली, जापानीज र दक्षिण कोरियाका कलाकारहरू उत्साहित देखिएका छन् ।

कार्यक्रममा नेपालको चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुति दिने बताइएको छ ।

कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुति दिनेछन् ।

यो कार्यक्रमलाई ग्रान्ड च्यारिट नेपालले आयोजना हुन लागेको हो । कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको आयोजकले बताएको छ । कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतिबाट नयाँ अनुभव गर्न सक्ने आयोजकको दाबी छ । आयोजकले यसका लागि टिकट विक्री समेत खुला भएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप