गृहमन्त्री लेखकद्वारा निर्माणाधीन गृह मन्त्रालय भवनको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्माणाधीन गृह मन्त्रालयको भवनको निरीक्षण गरेका छन् । मंगलबार गृहमन्त्री लेखकले सिंहदरबारभित्र गृह मन्त्रालयका लागि नयाँ बन्दै गरेको भवनको निरीक्षण गरेका हुन् ।
अत्याधुनिक प्रविधिमा बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवन बन्ने तयारीमा रहेको छ । अहिलेको गृह मन्त्रालयको भव पुरानो र साँघुरो भएसँगै नयाँ भवन बन्न लागेको हो ।
निरीक्षणको क्रममा गृहमन्त्री लेखकले नयाँ भवनलाई उज्यालो बनाउन निर्देशन दिए । उनले नयाँ भवन निर्माण अवधिभित्रै सम्पन्न गरी बुझाउन निर्माण कम्पनीलाई आग्रह समेत गरेका छन् ।
भवन निर्माण कम्पनी माउण्टटेण्ड सत्यश्वरका प्रतिनिधि अच्युत भण्डारीले नयाँ भवन निर्माण गर्न पाएको समय सीमाभित्रै सम्पन्न गर्ने बताए । उनले निर्माण कम्पनीले सम्झौता गरेअनुरुप भवनको गुणस्तरीय बनाएर समयमा नै सरकारलाई हस्तान्तरण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल