घुससहित अदालतका २ जना कर्मचारी पक्राउ
मङ्गलबार, २७ कात्तिक २०८१, १९ : १२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस र स्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
कपिलवस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे पक्राउ परेका हुन् । बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
२० हजार घुस रकम र स्रोत नखुेलेको छयानब्बे हजार आठ सय रुपैयाँसहित उनीहरुलाई कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित गौढी चोकबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा