कञ्चनपुरमा स्कुल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु
मङ्गलबार, २७ कात्तिक २०८१, १७ : ४७

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा स्कुल बसले ठक्कर दिएको बालकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ घर भएका ८ वर्षीय अनमोल कुँवरको उपचारको क्रममा मृत्यु भएको कञ्चनपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । सोमबार उनलाई बसले ठक्कर दिएको थियो ।
भारतको लखनउस्थित ईभिए अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अनमोललाई ठक्कर दिने डायमण्ड बोर्डिङ स्कुलको ना.३ ख ८१४६ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक ५२ वर्षीय धन बहादुर विष्टलाई पक्राउ गरिएको एसपी जोशीले जानकारी दिए । अनमोल डायमण्ड स्कुलमै अध्ययनरत थिए ।
बालकको मृत्युपछि उनका आफन्तले स्कुल अगाडी प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य