धितोपत्र बोर्डले दुई म्युचुअल फण्डलाई दियो आईपीओ अनुमति
मङ्गलबार, २७ कात्तिक २०८१, १६ : ०२

काठमाडौं । वर्षौंदेखि आईपीओ निष्कासन अनुमति दिएको नेपाल धितोपत्र बोर्डले तीनवटा म्युचुअल फण्डका इकाइ बिक्रीका लागि पनि स्वीकृति दिएको छ । सेबोनले मुक्तिनाथ क्यापिटल र फण्ड १ र एनएमबि सरल बचत फण्ड ई नामक दुई फण्डलाई निष्कासन अनुमति दिएको हो ।
स्वीकृति प्राप्त म्युचुअल फण्डमध्ये मुक्तिनाथको म्युचुअल फण्ड क्लोज इन्ड हो । यसको एक अर्ब रुपैयाँ बराबरका दश करोड इकाइ बिक्रीको स्वीकृति दिइएको छ । त्यस्तै, एनएमबिको फण्ड भने ओपन इन्ड हो, यसको स्वीकृत रकम २० करोड रुपैयाँ रहेको छ । यो दोस्रो बजारमा कारोबार हुँदैन ।
यसअघि गत असोज र भदौमा समेत अर्का दुई म्युचुअल फण्डको आईपीओ स्वीकृति दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा