श्रेयस ऐयरलाई रिलिज गरेपछि रिंकु सिंहलाई कप्तान बनाउँदै कोलकाता नाइट राइडर्स

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा विश्वका चर्चितदेखि नयाँ खेलाडीसम्म रहेका छन् ।
आईपीएलमा सहभागी क्लबहरूले रिटेन (आफैसँग राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाडने) खेलाडीहरूको सूचि सार्वजनिक गरेपछि अब अक्सनमार्फत दुई सय चारजना खेलाडी छनोट गरिने भएको छ ।
आगामी आईपीएलमा सहभागी हुने १० क्लबले ४६ जना खेलाडीलाई रिटेन गरेका छन् । तर, केही क्लबले आफ्ना कप्तानलाई नै रिलिज गरेका छन् । त्यसैले आईपीएलको आगामी सिजनका लागि केही क्लब नयाँ कप्तानको खोजीमा छन् ।
दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलुरु, लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ससँग अहिले कप्तान छैनन् । यी पाँच क्लब नयाँ कप्तानको खोजीमा छन् । यसैक्रममा कोलकाता नाइट राइडर्ससँग जोडिएको एउटा समाचार सार्वजनिक भएको छ ।
साविक विजेता समेत रहेको कोलकाता नाइट राइडर्सले आफूलाई सन् २०२४ को उपाधि जिताउने कप्तान श्रेयस ऐयरलाई आगामी सिजनका लागि रिलिज गरिसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, आगामी सिजनका लागि कोलकाता नाइट राइडर्सले रिंकु सिंहलाई कप्तान बनाउने भएको छ ।
अघिल्लो सिजन रिंकु सिंहले अन्तिम पाँच बलमा पाँचवटा छक्का प्रहार गर्दै कोलकाता नाइट राइडर्सलाई हारको निकट पुग्दा पनि खेल जिताएका थिए । आगामी आईपीएलमा रिंकु सिंहले श्रेयस ऐयरको स्थान लिने बताइएको छ ।
यद्दिप, कोलकाता नाइट राइडर्सले आधिकारीक रुपमा भने हालसम्म यसको घोषणा गरेको छैन । आगामी सिजनको आईपीएलका लागि कोलकाता नाइट राइडर्सले ६ जना खेलाडीलाई रिटेन गरेको थियो ।
कोलकाताले रिटेन गरेका खेलाडी आन्द्रे रसेल, सुनिल नारिन, वरुण चक्रवर्ती, रिंकु सिंह, रमनदीप सिंह र हर्षित राणा हुन् । कोलकाताले आगामी सिजनका लागि रिंकु सिंहलाई १३ करोड भारतीय रुपैयाँमा रिटेन गरेको हो ।
यसका अतिरिक्त कोलकाताले वरुण चक्रवर्ती, सुनिल नारिन र आन्द्रे रसेललाई १२–१२ करोड भारतीय रुपैयाँमा रिटेन गरेको हो । कोलकाताले हर्षित राणा र रमनदीप सिंहलाई भने चार–चार करोड भारतीय रुपैयाँमा रिटेन गरेको हो ।
कोलकाता नाइट राइडर्सले एक अर्ब २० करोड भारतीय रुपैयाँमध्ये ६ खेलाडी रिटेन गर्न ५७ करोड खर्चिएको थियो । त्यसैले निकट भविष्यमा हुने मेगा अक्सनमा कोलकातासँग थप खेलाडी खरिद गर्न ६३ करोड भारतीय रुपैयाँमात्र बाँकी छ ।
यसअघि कोलकाता नाइट राइडर्सले सूर्यकुमार यादबलाई कप्तान बनाउने चर्चा थियो । तर, सूर्यकुमार यादब मुम्बई इन्डियन्समै रहने भएपछि कोलकाता नाइट राइडर्सले रिंकुलाई कप्तान बनाउने तयारी अगाडि बढाएको दाबी समाचारमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो