एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही एमाले प्रवेश
मङ्गलबार, २७ कात्तिक २०८१, १५ : ४०

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा दैलेखका पूर्वजिल्ला अध्यक्ष जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई कर्णालीका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीमा स्वागत गरेका हुन् ।
मंगलबार दैलेखमा एक कार्यक्रमबिच शाहीसहित समाजवादीका अन्य केही कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन् ।
यतिबेला समाजवादीको कर्णाली प्रदेश प्रथम अधिवेशन वीरेन्द्रनगरमा चलिरहेको छ । त्यही बेला दैलेख जिल्ला अध्यक्ष नै एमाले प्रवेश गरेका छन् ।
शाही २०७४ मा एमालेबाट महावु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । साथै उनी समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका नजिकका नेताका रूपमा समेत चिनिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन