एनपीएल : सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को टिम सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम रोयल्सले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पहेलो रङ्गको जर्सी सार्वजनिक गरेको हो ।
कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट टिमका सञ्चालकले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिगका लागि टीमहरुले गरेको तयारी उत्साहपूर्ण रहेको बताए । उनले नेपाल प्रिमियर लिगले नेपालको क्रिकेटलाइ धेरै माथि उठाउने विश्वास व्यक्त गरे ।
सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीमा न्युजिल्यान्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ भने अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ । सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा अनुबन्धित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’