डेडिकेटेट र ट्रकं लाइन विवाद
प्राधिकरण सञ्चालक समितिको बैठक : उद्योगमा लाइन जोड्ने प्रमुख एजेन्डा
मङ्गलबार, २७ कात्तिक २०८१, १४ : ४२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजे बोलाइएको बैठक साढे २ घण्टाभन्दा बढी ढिला गरी दिउँसो २ बजेपछि सुरु भएको हो ।
आजको बैठकको मुख्य एजेन्डा उद्योगमा काटिएको लाइन जोड्ने विषय छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगमा लाइन जोड्ने, १५ दिनभित्र टीओडी मिटरका आधार महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।