नरेन्द्र मोदी चीन जान सक्ने

नयाँ दिल्ली । भारत र चीन दुवै देश आपसी सम्बन्ध सुधार्न अथक प्रयास गरिरहेका छन् । गएको महिना रुसको कजान सहरमा मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच वार्ता भएको थियो ।
यसअघि भारत र चीनबिच एलएसीमा पहिलेको अवस्थालाई पुनर्स्थापित गर्न आ–आफ्नो सेना फिर्ता गर्ने सम्झौता पनि भएको थियो । अब दुवै देश आगामी दिनमा आपसी सम्बन्धमा न्यानोपन ल्याउन धेरै प्रयास गर्ने भएका छन् ।
यसै क्रममा मोदीले चीन भ्रमणमा जान सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इन्डियन एक्सप्रेसको समाचारअनुसार मोदी अर्को वर्ष चीनमा हुने एससीओ बैठकमा सहभागी हुन बेइजिङ जान सक्नेछन् । हालै नयाँ दिल्लीस्थित चिनियाँ दूतावासका अधिकारीले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै यस्तो बताएका हुन् । समाचारका अनुसार एलएसीमा स्थिति सुधार भएपछि दुई देशबिचको सिधा उडान, चिनियाँ नागरिकलाई भिसा दिने, चिनियाँ मोबाइल एप्समा लगाइएको प्रतिबन्ध हटाउने, चिनियाँ पत्रकारलाई भारतमा आएर रिपोर्टिङ गर्न दिने र चीनका सिनेमा घरमा थप भारतीय फिल्मको प्रदर्शन गर्नेलगायत योजना छन् ।
सांघाई सहयोग संगठनको आगामी वर्ष हुने बैठकमा भाग लिन मोदी बेइजिङ आउन सक्ने आशा चीन सरकारले राखेको समाचारमा भनिएको छ । गत महिना एससीओ बैठक पाकिस्तानमा भएको थियो । यो बैठकमा विदेशमन्त्री एस. जयशंकर भारतको तर्फबाट त्यसमा सहभागी थिए । मोदी र सीबिच मैत्रीपूर्ण सम्बन्ध रहेको चिनियाँ अधिकारीहरू मान्दछन् ।
कजानमा एजेन्डाबाहेक दुवै नेताले एक अर्कासँग व्यक्तिगत रूपमा कुराकानी गरेका थिए । दुवै नेता सम्बन्ध सुधार्न चाहन्छन् । पछिल्लो पाँच वर्षमा दुई नेताबिच भएको यो पहिलो आमनेसामने भेट थियो । दुवै देशले विशेष प्रतिनिधि, परराष्ट्रमन्त्री र उप–परराष्ट्रमन्त्री तहमा वार्ता गर्दै सम्बन्ध सुधार गर्न भावी रणनीति तयार गरिरहेका छन् । यी अधिकारीहरू र मन्त्रीहरू यस महिना ब्राजिलमा जीट्वान्टी बैठकमा फेरि भेट्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरेको पाइएको छ : मुख्यमन्त्री सिंह
-
प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी
-
‘बोरा’ निर्दयी छोराको कुरूप
-
अब प्रज्ञा प्रतिष्ठानमार्फत भाषा र संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौँ : मुख्यमन्त्री आचार्य
-
कुलमानविरुद्ध किन आलोचनामा उत्रे ऊर्जामन्त्री ?
-
बुढानीलकण्ठमा ११ भाइको भेलापछि शेखर पक्षको पनि बैठक