दीपक मनाङे आजै कारागार चलान हुने
_9pN3nOCsvN.jpg)
काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) आजै कारागार चलान हुने भएका छन् । मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङलेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिसकेको छ ।
मनाङेलाई अदालतका फैसला कार्यान्वयन अधिकारी धनबहादुर कार्की समक्ष बुझाएको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
अब अदालतबाट आवश्यक प्रक्रिया भएसँगै उनी जेल चलाउन हुनेछन् । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङेले यसअघि नै साढे २ वर्ष सजाय काटिसकेको र अब फैसलाअनुसार मनाङेले बाँकी कैद भुक्तान गर्नुपर्ने बताइएको छ ।