बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

कांग्रेसले भन्यो– नगर प्रहरीको गुप्ताङ्गमा प्रहार गर्ने एमालेका जनप्रतिनिधिमाथि कारबाही होस्

मङ्गलबार, २७ कात्तिक २०८१, १३ : ४८
मङ्गलबार, २७ कात्तिक २०८१

कास्की । पोखरा महानगरपालिकामा कार्यरत नगर प्रहरी सन्त बहादुर केसीलाई गुप्ताङ्गमा हिर्काएर नेकपा एमालेका जनप्रतिनिधिले घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

गत कात्तिक २० गते पोखरा महानगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरूले महानगरपालिकाको कार्यालयमा प्रदर्शन गर्ने क्रममा भएको ठेलमठेलका क्रममा गुप्ताङ्गमा प्रहार भएपछि केसी घाइते भएका थिए । 

लोकतन्त्रमा कुनै पनि विषयको पक्ष वा विपक्षमा आफ्नो अभिमत राख्ने, आन्दोलन गर्ने व्यक्ति वा सङ्गठनको नैसर्गिक अधिकार भएपनि कर्मचारी हटाउने विषयमा आक्रोश पोख्दै एमालेले अराजक गतिविधि गरेको नेपाली कांग्रेस महानगर दलका नेता तथा वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

462557085_551114424224123_233248096500977848_n

 ‘जन निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरी डिउटीमा खटिएका नगर प्रहरीलाई घिसारेर बाहिर निकाल्नु, नगर प्रहरी सहायक निरीक्षक सन्त बहादुर केसीको संवेदनशील अङ्गमा प्रहार गरी सख्त घाइते बनाई शल्यक्रिया गर्नुपर्ने परिस्थितिको सृजना हुनुले हामीलाई अत्यन्त दुखित तुल्याएको छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘एउटा कर्मचारीको पक्षमा आन्दोलन गर्ने नाममा अर्को कर्मचारीमाथि सांघातिक आक्रमण हुनु निन्दनीय विषय हो । हामी घाइते प्रहरी केसी माथि आक्रमण गर्ने जो कसैलाई तत्काल अनुसन्धान गरी कडा कारबाही गर्न र उचित स्वास्थ्य उपचारको प्रबन्ध गर्न महानगरपालिका समक्ष जोडदार माग गर्दछौँ । साथै घाइते केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

कर्मचारी सङ्गठनको ब्यानरमा जनप्रतिनिधिहरू सरिक भई अराजक गतिविधिमा उत्रनु शोभनीय विषय नभएको कांग्रेसको भनाइ छ । 

पोखरा महानगरपालिका नगर कार्यपालिकाको ३७ औँ बैठकले प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीलाई काममा लगाउनु पर्ने र यसरी लगाउँदा २८ जना कर्मचारीहरूलाई बिदा दिनुपर्ने अनिवार्य कानुनी दायित्व अनुसार निर्णय गरेको थियो । तर सो निर्णयको विरोधमा एमाले उत्रिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप