उपाध्यक्ष घिमिरे १० दिनका लागि चीन प्रस्थान

काठमाडौँ । संघीय संसद्, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको छेन्दु प्रस्थान गरेकी छन् ।
चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेकी हुन् । उनी अपराह्न १२:२० बजेको सिचुवान एयरलायन्सको उडानबाट छेन्दु तर्फ प्रस्थान गरेकी छन् ।
कार्तिक २८ देखि ३० गते सम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय विशिष्ट पदाधिकारीहरूसँग भेटवार्ता गर्ने छिन् । उनी भ्रमण सम्पन्न गरेर मङ्सिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
उपाध्यक्ष घिमिरेसँगै उनका श्रीमान् दुर्गाप्रसाद आचार्य र स्वकीय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू