मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

‘कार्साङ’ मा यस्तो लुक्समा देखिदै जीतु

मङ्गलबार, २७ कात्तिक २०८१, १३ : २३
मङ्गलबार, २७ कात्तिक २०८१

काठमाडौँ । आगामी पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘कार्साङ’ । फिल्मको जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । 

क्यारेक्टर लुक्समा जीतुले  अहिलेसम्मकै भिन्न रूपमा देखिएका छन् । उनले कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जीतुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरा बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने लाग्छ ।

पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उनी मकै पिस्न घट्टामा गएका हुन् कि भन्ने अनुमान लगाउन पनि सकिन्छ । पोस्टरको यो स्टेटमेन्टले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माण पक्षले केही प्रष्ट पारेको छैन ।यम शेर्पाको डेब्यू लेखन तथा निर्देशन रहेको शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको हो । फिल्ममा जीतुको अलवा दयाहाङ राई, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस् को प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायाकार र निर्माता हुन् । सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

फिल्मको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप