सरकार मोबाइल बोक्ने र सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग डरायो‚ अब जागौँ : रास्वपा
मङ्गलबार, २७ कात्तिक २०८१, १३ : ०३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार सभापति रवि लामिछानेसँग मात्र नभई हातमा मोबाइल बोकेर सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग डराएको आरोप लगाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापतिद्वय डिपी अर्याल‚ स्वर्णिम वाग्ले र कार्यवहाक प्रवक्ता मनिष झाले सोमबार पोखरा पुगेर हिरासतमै सभापति रवि लामिछानेलाई भेटे पश्चात् मंगलबार एक सन्देश जारी गरेका छन् । सन्देशमा उनीहरूले सरकार वैकल्पिक मिडियाको उपयोग गर्दै बेथिति विरुद्ध आवाज उठाउन थालेपछि राज्य सत्ता धरमराएको र मक्किएको उल्लेख गरेका छन् ।
साथै सन्देशमार्फत रास्वपाले आम जनतालाई गोलबद्ध भएर एउटा वृहत् अभियान अघि बढाउन अनुरोध गरेको छ । साथै‚ स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा राज्यसत्तालाई खबरदारी गर्न अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूपेन्द्र, ऋषिराज र सरलको बिदाई, सेन्सर बोर्डमा तीन सदस्य रिक्त
-
आगामी वर्ष घाटा बजेट ल्याउँदैनौँ, आकार पनि घट्दैन– मुख्यमन्त्री आचार्य
-
‘मुख कुल्ला’ र ‘प्रतिगमन’ बिर्सेर नजिकिँदै ओली–नेपाल
-
चैत तेश्रो साता कफी फेस्टिभल एण्ड च्याम्पियनसिपको आयोजना
-
‘चमेलीको पोइ’मा जोडिए मुकुन र सुरक्षा
-
प्रधानमन्त्री ओली थाइल्यान्डमा