जुम्ल्याहा बच्चा मृत्यु प्रकरण : एनएमसीको निर्णय अस्पतालको पक्षमा
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले जुम्ल्याहा बच्चा मृत्यु प्रकरणबारे बूढानीलकण्ठ नगरपालिका चुनिखेलस्थित करुणा अस्पतालको पक्षमा निर्णय गरेको छ ।
गत असार अन्तिममा चितवनकी विद्या राणा र प्रदीप भट्टले अस्पतालको लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लगाउँदै एनएमसीमा उजुरी दर्ता गरेका थिए ।
एनएमसीले करिब साढे तीन महिना लगाएर गरेको छानबिनले पहिलो बच्चालाई मेथिसिलिन–सेन्सेटिभ स्टैफिलोकोकस आँरियस (एमएसएसए) सङ्क्रमण देखिएको उल्लेख गरेको छ । सोही सङ्क्रमण दोस्रो बच्चालाई पनि जोखिम भएको एनएमसीले जनाएको छ । निरन्तर उपचार हुँदा हुँदै पनि सेप्सिसको कारणले भएको जटिलताका कारणले सङ्क्रमण फैलिँदा जुम्ल्याहा बच्चा मृत्यु भएको एनएमसी रजिष्ट्रार डा. सतिस कुमार देवद्वार हस्ताक्षरीत निर्णयपत्रमा उल्लेख छ ।
विद्या र प्रदीपले भने आफूले न्याय नपाएको बताएका छन् । अस्पतालमा जुम्ल्याहा बच्चाको मृत्यु मृत्यु प्रकरणबारे भदौँ पहिलो साता रातोपाटीले विस्तृतमा समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा सैनिक र उनीहरूको परिवारका लागि काम गर्ने राजदूत श्रीवास्तवको प्रतिबद्धता
-
यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकियो
-
च्याम्पियन्स ट्रफी : केही मिनेटमै सकियो भारत र पाकिस्तानबिचको खेलको टिकट
-
किन बढ्यो डलरको मूल्य, नेपालमा कस्तो असर ?
-
उपप्रधानमन्त्री सिंहको ६ महिने उपलब्धि : दमक भ्युटावर उद्घाटन, धरहरा सञ्चालन
-
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण प्रकरण : जिल्लाको फैसला उच्च अदालतद्वारा सदर