'एन्टिबायोटिक्सको दुरुपयोगले मृत्युको जोखिम बढ्छ'

काठमाडौँ । एन्टिबायोटिक्स (प्रतिजैविक) औषधिको दुरुपयोगले मृत्युको जोखिम बढ्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूसुचित गराएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै एन्टिबायोटिक्स औषधिको दुरुपयोगले मृत्युको जोखिम बढ्ने जनाएको हो ।
मन्त्रालयका अनुसार एन्टिबायोटिक्स औषधि सूक्ष्म जीवहरूलाई नाश गर्ने वा फैलिने क्रमलाई सुस्त पार्छ । प्रतिजैविक औषधिहरू विभिन्न आकार, प्रकार वा बनावटमा पाइन्छ । जस्तै : ट्याब्लेट, क्याप्सुल, सिरप, सस्पेंसन ( झोल), इन्जेक्सनमा उपलब्ध हुन्छन् । प्रतिजैविक औषधिहरू जुन किटाणु समूह विरुद्ध प्रयोग हुन्छ त्यही अनुसार नाम पनि फरक–फरक छन् ।
मन्त्रालयका अनुसार जीवाणु विरुद्ध काम गर्ने औषधिलाई एन्टीबायोटिक वा व्याकटेरिअल भनिन्छ । यस्तै, भाइरस विरुद्ध काम गर्ने एन्टीभाईरल औषधि, परजीवी विरुद्ध काम गर्ने औषधि एन्टीपारासाईट भनेर बुझिन्छ । यस्तै, ढुसी विरुद्ध काम गर्ने औषधिलाई एन्टीफंगल भन्ने गरिन्छ । यिनै औषधिहरूको आवश्यक भन्दा बढी, चिकित्सकको सल्लाह विनै प्रयोग गर्दा यी सङ्क्रमण गर्ने जीवाणु बलियो भई औषधिको प्रभावकारी नहुने समस्या देखा पर्न थाल्छ ।
बर्सेनि विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना वृद्धि गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि १८ देखि २४ तारिख सम्म यो सप्ताह मनाइन्छ । यो वर्ष ‘बुझौँ, बुझाऔँ आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ मनाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानको सदस्यता निलम्बन गर्न आईसीसीसँग ह्युमन राइट्स वाचको आग्रह
-
काेशी प्रदेशसभा : प्रधानमन्त्रीले सम्बोधन गर्दा विपक्षी दल सहभागी हुने
-
नक्कली भुटानी शरणार्थी गंगामा धुनुभयो, फोहोर लोकतन्त्र भयो : प्रचण्ड
-
संसदमा प्रचण्डको सम्बोधन, बैठकका तस्बिरहरू हेर्नुहोस्
-
गोकर्णेश्वरबाट पेस्तोलसहित युवक पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ