घट्यो सुन-चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?
मङ्गलबार, २७ कात्तिक २०८१, १२ : ०६

काठमाडौँ । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला दुई हजार ४०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो मूल्य १ लाख ६५ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ थियो ।
पछिल्लो तीन दिनदेखि सुनको भाउ निरन्तर घट्दै गइरहेको छ । अमेरिकी डलर बलियो बन्दै गर्दा पछिल्ला केही दिनदेखि सुनको भाउमा गिरावट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार