१२ औँ महाधिवेशनको तयारीमा जुट्यो नेविसंघ

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) १२औँ महाधिवेशनको तयारीमा जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आगामी चैतभित्र महाधिवेशन गर्न निर्देशन दिएका थिए । सोही आधारमा पार्टी सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय निर्देशन समिति गठन गरिएको थियो ।
निर्देशन समितिको समन्वयमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका छन् । तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्न नेविसंघ केन्द्रीय सदस्य नगेन्द्र प्रसाद आचार्य (एन.पि) को संयोजकत्वमा ३ सदस्यीय विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका हुन् ।
समितिमा सदस्यमा विवेक लिम्बू, राजेश कुमार श्रेष्ठ, इ। सुनिल शाही र मञ्जु विश्वकर्मा रहेका छन् । विधान समिति गठन भएसँगै लामो समयदेखि हुन नसकेको महाधिवेशन समयमै सम्पन्न हुने नेविसंघ नेता कार्यकर्ताले विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला