नेपाल यू–१९ र कर्णाटक यू–१९ बिच मुलपानीमा पाँच खेलको एकदिवसीय शृङ्खला
काठमाडौँ । नेपालको यू–१९ पुरुष क्रिकेट टोलीले काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा छिमेकी राष्ट्र भारतको कर्णाटक यू–१९ टोलीसँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ ।
नेपालको यू–१० टोली र कर्णाटक यू–१९ टोलीबिच पाँचवटा एकदिवसीय खेलको शृङ्खला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
पहिलो एकदिवसीय खेल बुधबार खेलिने छ । नेपाल यू–१९ र कर्णाटक यू–१९ बिचको दोस्रो एकदिवसीय खेल शुक्रबार खेलिने छ । तेस्रो खेल आगामी आइतबार खेलिने छ ।
यसैगरी, चौथो एकदिवसीय खेल आगामी मंगलबार र पाँचौँ तथा अन्तिम एकदिवसीय खेल आगामी बिहीबार खेलिने बताइएको छ । सबै खेल मुलमानी क्रिकेट मैदानमा खेलिने छ ।
निकट भविष्यमा आयोजना हुने एसीसी यू–१९ एसिया कपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको हो । एसिया कपका लागि क्यानले १८ सदस्यीय टोलीको घोषणा पनि गरिसकेको छ ।
एसिया कपका लागि घोषित टोलीमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तरम रंगु थापामगर, मयान यादब, नरेन साउद, युनिषबिक्रम सिंह ठकुरी र नरेन भट्ट छन् ।
यसैगरी, नेपाली टोलीमा सन्तोष यादब, युवराज खत्री, रोसन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादब, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिल्सान अली र रञ्जित कुमार पनि छन् ।
यू–१९ एसिया कपका लागि घोषित टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् ।
टोलीमा परेका अधिकांश खेलाडीले हालै विराटनगरमा यू–१९ राष्ट्रिय प्रतियोगिता खेलेका थिए । एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) माआयोजना हुँदैछ ।
यू–१९ एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका पनि रहेका छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, जापान र आयोजक यूएई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !