सिन्धुलीमा शिक्षकलाई गोली हान्ने कार्यमा संलग्न पक्राउ

काठमाडौँ । सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षीय कर्मानन्द ठाकुर छन् ।
कार्तिक २५ मा हरिहरपुरगढी गाउँपालिका–६ स्थित झप्सीमा प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो । सर्लाहीको बागमती गाउँपालिका–१ घर भएका बोम्जन प्रदेश–२–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुली जाँदै थिए ।
सर्लाही र सिन्धुलीको सिमाना स्थित झप्सीमा लुकेर आरोपीहरुले कट्टा पेस्तोलबाट गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले रातोपाटीलाई बताए । पक्राउ परेका ठाकुर सहित ३ जना मिलेर लुटपाट गर्ने उद्देश्यले शिक्षकमाथि गोली प्रहार गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । डीएसपी खड्काले भने, ‘पक्राउ परेका आरोपीले पनि लुट्ने उद्देश्यले गोली हानेको स्विकारेका छन् ।’
बोम्जन मकवानपुरको बकैया गाउँपालिका–३ स्थित हात्तीसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । एकान्त पारेर लुट्ने उद्देश्यले बसेका लुटेराहरूले हानेको गोली लागेर घाइते भएका बोम्जनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा उनको दाँतमा अड्किएको गोली निकालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड