खराव मौसम
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण
प्रतिकुल मौसमका कारण लामिछानेलाई भैरहवा लैजान ढिलाइ
मङ्गलबार, २७ कात्तिक २०८१, ११ : ३६
_0WEZTS4CbX.jpg)
काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको छ ।
९ एन–एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरातर्फ ‘डाइभर्ट’ भएको हो ।
उक्त विमान केही समयअघि पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी जसुदा पौडेलले जानकारी दिइन् ।
खराब मौसमका कारण भैरहवा विमानस्थल मंगलबार खुल्न सकेको छैन । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार भैरहवा लैजान खोजिए पनि भैरहवाको आकाश नखुलेका कारण विमान उड्न ढिला भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म