फैसला कार्यान्वयन
आफन्तको घरमा लुकेर बसेका थिए दीपक मनाङे
मङ्गलबार, २७ कात्तिक २०८१, ११ : ३१

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङलेलाई पक्राउ पछि जेल चलाउन गरिएको छ । उनलाई सीआईबीका डीएसपी नेतृत्वको टिमले मंगलबार काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो ।
मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी सम्पर्क विहीन भएका थिए ।
तरबार प्रहार गरेर गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा उनी यसअघि २ वर्ष जेल बसिसकेका छन् । उनले अब बाँकी कैद भुक्तान गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
-
करेन्ट लागेर एक जनाको मृत्यु
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण