कुनै बेलाका आफ्ना कट्टर आलोचक मार्क रुबियोलाई ट्रम्पले बनाउलान् विदेशमन्त्री ?

वासिङ्टन डिसी । राष्ट्रपतीय निर्वाचनमा बहुमतले जित हात पारेपछि डोनाल्ड ट्रम्प आफ्नो सरकारमा महत्त्वपूर्ण पदमा नियुक्तिबारे सोचिरहेका छन् । धेरै पदका लागि नाम टुंगो लागेको भन्दै समाचारहरू आइरहेका छन् ।
फ्लोरिडाका सिनेटर मार्काे रुबियोलाई आफ्नो सरकारमा विदेशमन्त्री बनाउने निर्णय अहिले ट्रम्पले गरेको खबर आएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार मार्काे रुबियोको नाम आधिकारिक रूपमा तय भइसकेको छैन । तर ट्रम्पले उनको नाममा सहमति जनाएका छन् ।
उपाध्यक्ष पदका सम्भावित उम्मेदवार थिए रुबियो
मार्काे रुबियो फ्लोरिडाका अमेरिकी सिनेटर हुन् । उनी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पसँगै उपराष्ट्रपति पदका लागि सम्भावित उम्मेदवारमध्ये थिए । लामो समयदेखि सिनेटमा उनी परराष्ट्र मामिलासँग आवद्ध छन् । उनी विशेष गरी ल्याटिन अमेरिका र छिमेकी देशसम्बन्धी मामिलामा विशेषज्ञ मानिन्छन् । अमेरिकाको नयाँ विदेशमन्त्री पदको दौडमा मार्काे रुबियोको नाम लगातार चर्चामा छ । यसबाहेक जर्मनीका लागि अमेरिकी राजदूत रिक गार्नेलको नाम पनि यो पदका सम्भावित उम्मेदवारमा सुनिएको छ । आफ्नो सम्भावित नियुक्तिप्रति खुसी व्यक्त गर्दै देशको सेवा गर्न सधैँ तत्पर रहेको रुबियोले बताएका छन् ।
आलोचक थिए ट्रम्पका
रुबियो क्युवाली मूलका अमेरिकी नागरिक हुन् । यसअघि उनी डोनाल्ड ट्रम्पका कट्टर आलोचक थिए । सन् २०१६ मा रुबियो र ट्रम्प दुवै रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि चुनाव लडिरहेका बेला ट्रम्पलाई सबैभन्दा खराब व्यक्ति भन्दै रुबियोले उनको आलोचनासमेत गरेका थिए । तर पछि यी दुईको सम्बन्धमा सुधार आयो । अब उनी ट्रम्प सरकारमा महत्त्वपूर्ण पदमा बस्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा