निस्टलरोयले छाडे युनाइटेड

ओल्ड ट्राफोर्ड । नयाँ म्यानजेर रुबेन आमोरिमको ब्याकरुम स्टाफमा स्थान नपाएपछि रुड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेड छाडेका छन् ।
एरिक टेन हाग बर्खास्त भएपछि ४८ वर्षीय डच पूर्वखेलाडी क्लबको अन्तरिम म्यानेजर बनेका थिए ।
उनी गत जुलाईमा दुई वर्षको करारमा क्लबको सहायक प्रशिक्षक नियुक्त भएका थिए । उनी अन्तरिम म्यानेजर हुँदा युनाइटेडले ४ खेलमध्ये ३ मा जित र एकमा बराबरी हात पारेको थियो ।
यद्यपि, नयाँ म्यानेजर एमोरिमले नेदरल्याण्डका पूर्वस्ट्राकरको सेवा नलिने बताएपछि उनी क्लब छाड्न बाध्य भएका हुन् । खेलाडीका रूपमा उनले युनाइटेडमा पाँच सिजन बिताएका थिए । सन् २००१ देखि २००६ सम्म क्लबमा रहेका उनले २१९ खेलमा १ सय ५० गोल गरेका थिए ।
‘रुड सधैँ म्यानचेस्टर युनाइटेडका लिजेन्ड रहनेछन्,’ क्लबले उनीबारे जानकारी दिँदै भनेको छ । क्लबका लागि उनले दिएको योगदानको कदर गर्दै क्लबले उनलाई युनाइटेडमा सधैँ स्वागत गरिने बताएको छ ।
निस्टलरोयसँगै रेन हाके, जोले टेन रुवेलर र पिटर मोरेलले पनि क्लब छाडेका छन् । ड्यारन फ्लेचर भने प्रशिक्षकको भूमिकामा कायम रहेका छन् । उनी पहिलो टोली र एकाडेमीको बिचमा पुलको काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान