ट्रम्पले माइकल वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने अपेक्षा

वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले फ्लोरिडाका सांसद माइकल वाल्जलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने बताइएको छ । यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सीबीएसले समाचार छापेको छ ।
वाल्ज लामो समयदेखि ट्रम्पका समर्थक हुन् । यस पटकको राष्ट्रपतिको निर्वाचनमा वाल्जले खुला मनले ट्रम्पलाई सघाएका थिए । राष्ट्रिय सुरक्षा सल्लाहकार अमेरिकी प्रशासनमा महत्त्वपूर्ण पद हो ।
यो पदमा बस्ने व्यक्तिले राष्ट्रिय सुरक्षाको मामिलामा राष्ट्रपतिलाई सल्लाह सुझाव दिन्छन् । अमेरिकामा नियुक्तिका लागि सिनेटको अनुमोदन नचाहिने केही पद छन् । यो पनि त्यही पदहरूमा पर्छ । राष्ट्रपतिमा निर्वाचित व्यक्तिले आफ्नै मनखुसी/विवेकमा यो भूमिकाका लागि व्यक्ति नियुक्त गर्न सक्छन् ।
इजरायल र हमास अनि युक्रेन र रुसबीच जारी युद्धका बीचमा वाल्जलाई यो भूमिका चुनौतीपूर्ण हुने अनुमान गर्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान