कोप सम्मेलन : तीन जनाको कोटामा ३१ जना पुगेपछि अख्तियारले लेख्यो पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन मन्त्रालयलाई कोप २९मा जान लागेका कर्मचारीको बारेमा जवाफ माग गर्दै पत्र लेखेको छ। अख्तियार स्रोतका अनुसार वन मन्त्रालयको स्वीकृतिमा जम्बो टोली जान लागेको र सेवाग्राहीको काम समेत असर पर्ने उजुरी परेको भन्दै यर्थाथ वितरण पठाउन भनेको छ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सबैको चासो विषय भएकाले अख्तियारले पनि चासो लिनु स्वाभाविक भएको र अनियमितता वा कानुन विपरीतको काम भएको अवस्थामा कारबाही प्रक्रिया अघि बढ्ने बताए । उनले पत्र लेख्ने कुरा अख्तियारको क्षेत्राधिकारभित्र भएकाले पठाउन सक्ने बताए ।
नेपालबाट जम्बो टोली अजरबैजानको बाकुमा गएको र थप केही कर्मचारी र उच्च पदस्थ व्यक्तिहरू जान लागेको सार्वजनिक सञ्चार माध्यमले लेखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गर्दै पत्र लेखेको हो ।
आयोगले सोमबार वन मन्त्रालयलाई पत्र लेखेर नेपालबाट तीन जना मात्र जानुपर्नेमा जम्बो टोली किन बाकु पठाएको भनेर प्रश्न गरेको हो । नेपालबाट तीन जना गए हुनेमा मन्त्री देखि विभागका प्रमुखसम्म र सरोकार नै नभएका कर्मचारीसमेत किन जानु परेको हो जवाफ दिन अख्तियारले पत्रमा भनेको छ।
३१ जनाको नेपाली टोली बाकु किन गएको हो र उनीहरूको काम र खर्चका बारेमा स्पष्ट पार्न अख्तियारले भनेको छ । मन्त्रालयको टोलीमा वन मन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा दीपक कुमार खरालदेखि प्रशासन महाशाखा प्रमुख एवम् सहसचिव भुपाल बराल र प्रशासन महाशाखाका उपसचिव शोभाकर रेग्मीसमेत बाकु पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर