नेपाल आउँदै सुनिल ग्रोवर
![नेपाल आउँदै सुनिल ग्रोवर](https://rpcdn.ratopati.com/archived-media/sunil-grover_1492852714.jpg)
काठमाडौँ । बलिउडका चर्चित कमेडियन तथा अभिनेता सुनिल ग्रोवर नेपाल आउने भएका छन् । २९ नोभेम्बरमा होटल एभरेस्टको मैदानमा हुने कमेडी कार्यक्रम ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ कार्यक्रमका लागि उनी नेपाल आउने भएका हुन् ।
ग्रोवरले आफू नेपालमा कार्यक्रम गर्न लागेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उनले स्टेजमा आफ्नो कमेडी प्रत्यक्ष हेर्न र हास्न समेत तयार रहन अनुरोध गरेका छन् ।
कार्यक्रमका लागि आफू उत्साहित रहेको उनले जनाएका छन् । ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ लिक्वीट इन्टिलिजेन्सले आयोजना गर्न लागेको हो ।
ग्रोवर कमेडी शो ‘द कपील शर्मा शो’ मार्फत चर्चामा आएका कलाकार हुन् । उनले शोमा ‘रिन्कु भाबी’ र ‘डा. महसुर गुलाटी’को रूपमा दर्शकको मन जितेका थिए ।
ग्रोवर यसअघि वि.सं २०७४ मा पनि नेपाल आएका थिए । एक कार्यक्रमको सिलसिलामा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए । जसको जानकारी पशुपतिमा एक बाबासँग उभिएको तस्बिर आफ्नो आधिकारिक इन्स्टाग्राम मार्फत सार्वजनिक गर्दै जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता