‘पुष्पा–२’ को ट्रेलर नोभेम्बर १७ मा पटनामा रिलिज हुने

हैदराबाद । अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ को ट्रेलरको रिलिज गर्ने तयारी गरिएको छ । निर्माण पक्षका अनुसार चलचित्रको ट्रेलर नोभेम्बर १७, २०२४ साँझ ६ः०३ बजे रिलिज हुनेछ ।
यसअघि ट्रेलर नोभेम्बर १५ मा रिलिज हुने खबर आएको थियो तर अब यसको नयाँ मिति नोभेम्बर १७ तोकिएको छ । फिल्मका निर्माताले पोस्ट सेयर गरेका छन् ।
Dropping an EXPLOSIVE BANGER before the MASS festival begins in Cinemas ❤🔥
— Pushpa (@PushpaMovie) November 11, 2024
Experience the MASSIVE #Pushpa2TheRuleTrailer on 17th November at 6:03 PM 🌋🌋
With a Blasting Event at PATNA 💥💥#Pushpa2TheRule#Pushpa2TheRuleOnDec5th
Icon Star @alluarjun @iamRashmika… pic.twitter.com/nCFKC4kYA5
हालै निर्माण पक्षले सामाजिक सञ्जालमा फिल्मको बारेमा नयाँ अपडेट पनि दिएको थियो । फिल्ममा साउथकी सुन्दरी श्री लीलाको एउटा आइटम गीत पनि रहने बताइएको छ । निर्माताहरूले इन्स्टाग्राममा श्री लीलाको पोस्टर पनि सेयर गरेका थिए।
A feast for the eyes like you’ve never seen before! 💥
— Pushpa (@PushpaMovie) November 10, 2024
A celebration of pure energy 🕺💃🔥#Kissik Song of the Year ❤🔥#Pushpa2TheRule #Pushpa2TheRuleOnDec5th 🤙 pic.twitter.com/7HzrHbhEk8
पिंकभिल्लाको रिपोर्टमा अल्लु अर्जुन नोभेम्बर १५ देखि १५ दिनको लागि पटना, कोच्ची, चेन्नई, बेंगलुरु, मुम्बई र हैदराबाद जाने बताइएको छ । यो अवधिमा उनले चलचित्रको प्रचारप्रसार गर्नेछन् ।
फिल्ममा कुनै कमी नहोस् भन्नका लागि पुष्प–२ को टोलीले हरेक तहमा चलचित्रको प्रचार प्रसार गर्न चाहेको प्रतिवेदनमा उल्लेख छ । डिसेम्बर ५ मा हलमा रिलिज हुने फिल्मले ठुलो सफलता हासिल गरोस् भन्ने फिल्मका निर्माताहरू चाहन्छन् ।
२०२१ मा रिलिज भएको 'पुष्पा: द राइज' वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म थियो। सबै संस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गर्यो। सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैटौँ नम्बरमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध