तस्बिरमा हेर्नुहोस् बलम्बुको महालक्ष्मी जात्रा
मङ्गलबार, २७ कात्तिक २०८१, ०९ : ५६
![तस्बिरमा हेर्नुहोस् बलम्बुको महालक्ष्मी जात्रा](https://npcdn.ratopati.com/media/news/1731383221-erhdo_G4nPkFNo2i.jpg)
काठमाडौँ । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ ।
बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् ।
बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात ‘मुः’ अष्टमीबाट शुरु हुन्छ । छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बनाउँछन् भने पाहुना बोलाएर खुवाउँछन् ।
उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहिआएको छ ।
तस्बिरहरुः न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो
-
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग
-
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुको फोन
-
१० बजे १० समाचार : रवि लामिछानेको सम्पत्तिबारे चर्चा, राजनीतिको केन्द्रमा उपेन्द्र
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र