‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट
काठमाडौँ । ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० जना मोडल छनौट भएका छन् । शनिबार होटल हिमालयनमा आयोजना भएको मोडल छनौट अडिसनबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिएका हुन् ।
अडिसनमा पुरुष र महिला गरेर २०० बढीले अडिसन दिएका थिए । छनौट भएका मोडलको नामावली केही समयपछि सार्वजनिक गर्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले बताए ।
छनौट चरणको निर्णायकमा डा. उदीप श्रेष्ठ (सीईओ संस्थापक हेल्दी च्वाइस एस्थेटिक्स अस्पताल), युवराज श्रेष्ठ (अध्यक्ष प्लाजा समूह), सुस्मा कार्की (संस्थापक केक्षुस्कालोजी) रमिला नेमकुम (संस्थापक कासा), दीपक ज्ञवाली (संस्थापक ग्ल्याम नेपाल इन्टरनेशनल) रहेका थिए ।
हेल्दी च्वाइस प्रयोजक रहेको फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ आगामी १४ डिसेम्बरमा होटल याक एण्ड यतिमा आयोजना हुँदैछ । तीन सिजन भव्य रूपमा सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । शोमा शो-स्टपरको रूपमा सहभागी हुन बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला पनि नेपाल आउनेछिन् ।
शोमा सहभागी मोडलहरूमा फिमेलका लागि ५.४ फिट र मेलका लागि ५.१० फिट हाइट माथि हुनुपर्ने प्रावधान आयोजकको रहेको थियो । शोमा नेपालका उत्कृष्ट डिजाइनरहरूले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरू फेसन शोमा विभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको हो ।
कलाकार, व्यवसायी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहने शोका उत्कृष्ट मोडल तथा डिजाइनरले अस्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
-
आपूर्ति र कानुन मन्त्रालयबिचको हानथापले रोकियो उपभोक्ता अदालत गठन प्रक्रिया
-
एसइईका लागि परीक्षा आवेदन फाराम खुला
-
बागमती सरकारले त्यागेकै हो सुरुङमार्ग मोह ?
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा