शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
चाडपर्व

हरिबोधनी एकादशीका दिन पशुपतिमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २७ कात्तिक २०८१, ०७ : २६
मङ्गलबार, २७ कात्तिक २०८१

काठमाडौँ । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी  मनाउने गर्छन्  ।  यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप स्वरूप मानिने वर र पिपलको पनि पूजा गरिने प्रचलन छ । 

यस्तैमा राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरूले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरोणेपरान्त वैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाँग्ने प्रचलन रहेको छ ।  

आजै बेलुका घरघरमा भजन कीर्तन गरी जागराम बस्ने चलन समेत रहेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । 

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्त्वपूर्ण तिथिका रूपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठुलो एकादशी पनि भनिन्छ । 

pashupati toran (2)pashupati toran (3)pashupati toran (4)pashupati toran (5)pashupati toran (6)pashupati toran (7)pashupati toran (8)pashupati toran (9)pashupati toran (10)pashupati toran (11)pashupati toran (12)pashupati toran (13)pashupati toran (14)pashupati toran (15)pashupati toran (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप