‘कन्दरा’ र स्वप्न सुमन लन्डनमा गुन्जिने

काठमाडौँ । नेपालको स्थापित म्युजिक ब्यान्ड ‘कन्दरा’ र गायक स्वप्न सुमनले लन्डनमा एकसाथ कार्यक्रम गर्ने भएका छन् । म्युजिक ब्यान्ड ‘कन्दरा’ले आफ्नो यात्राको ३२ औँ वर्षगाँठ पारेर विश्व प्रतिष्ठित कन्सर्ट भेन्यू लन्डन ओटुमा उत्सवको रूपमा कार्यक्रम गर्ने भएको हो ।
आगामी ४ जनवरीमा आयोजना हुने कार्यक्रममा गायक स्वप्न सुमनले पनि साङ्गीतिक प्रस्तुति दिनेछन् । कार्यक्रमको आयोजक मामाघर इन्टरटेनमेन्ट रहेको छ । कार्यक्रममा कोल्याब ब्यान्डको समेत आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आफ्नो कालजयी गीत सङ्गीत र अहिले मातृभूमि नेपालको आन्तरिक पर्यटनको संवाहक बनी पहिला घरदेश अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता अनेकौँ गीत उक्त कार्यक्रममा प्रस्तुत हुनेछन् ।
कन्दराले आत्मसात् गरेको लोक पप धुनहरू आजपर्यान्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन् । आयोजकले कार्यक्रमको टिकट अनलाइन मार्फत उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन