ट्रम्प प्रशासनमा थप दुई महत्वपूर्ण नियुक्ति
मङ्गलबार, २७ कात्तिक २०८१, ०२ : १५

वासीङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टिममा थप दुई वटा महत्वपूर्ण नियुक्तिहरू गरेका छन् ।
राष्ट्रपति निर्वाचित भएर सत्ताको जिम्मेवारी सम्हाल्नुभन्दा पहिले नै ट्रम्पले आफ्नो सचिवालयमा जिम्मेवारी तोकिरहेका छन् ।
सोमबार उनले टम होमनलाई सीमा प्रमुखको जिम्मेवारी दिएका छन् भने एलिस स्टेफानिकलाई संयुक्त राष्ट्र संघका लागि राजदूत नियुक्त गरेका छन् ।
६२ वर्षीय होमन यसअघि ट्रम्पको अध्यागमन र भन्सार प्रवर्तन विभागको कार्यवाहक निर्देशनका रुपमा काम गरेका थिए ।
४० वर्षीय स्टेफानिक भने न्यूयोर्कको २१ औँ जिल्लाबाट ट्रम्पको प्रतिनिधिकारुपमा कार्यरत थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट