कांग्रेसका सभापति देउवा डडेल्धुरामा

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार डडेल्धुरा आएका छन् । उनले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका छन् ।
रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गरे।
सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर देउवाले बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।
डडेल्लधुरा प्राकृतिक रूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उनले बताए । धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने
-
सभामुखलाई भेटेर रवि लामिछानेद्वारा सांसद पद निलम्बन फुकुवा गर्न आग्रह
-
प्रकाशिएको वसन्त
-
पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए दीपक बोहरा
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
-
बाटो नै बन्द गरेर त्रिचन्द्र कलेजमा मतदान जारी, तस्बिरहरू