गाजा र लेबनानमा तत्काल युद्धविराम गर्न साउदी युवराजको माग
रियाद । साउदी अरबका युवराज माहम्मद विन सलमानले गाजा र लेबनानमा तत्काल युद्धविराम गर्न रियाद सम्मेलन आह्वान गरेका छन् । इजरायल–हमास युद्ध र क्षेत्रीय तनावको एक वर्षभन्दा बढी समयपछि अरब तथा इस्लामिक राष्ट्रहरूका नेताहरू रियादमा शिखर सम्मेलनका लागि भेला भएका हुन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि सम्मेलनको शुभकामनाका लागि सन्देश पठाउन सक्ने अनुमानहरू गरिएको छ। यद्यपि, यसबारे ट्रम्प निकटस्थ स्रोतबाट कुनै भनाई सार्वजनिक भएको छैन ।
शिखर सम्मेलनको उद्घाटन गर्दै राजकुमार बिन सलमानले अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइन र लेबनानमा आफ्ना दाजुभाइविरुद्ध इजरायली कारबाही तत्काल रोक्नुपर्ने बताउँदै गाजामा इजरायलको अभियानलाई ‘नरसंहार’ को संज्ञा दिए ।
“प्यालेस्टाइन र लेबनानका दाजुभाइलाई जारी इजरायली आक्रमणको विनाशकारी मानवीय परिणामबाट मुक्त गर्न साउदी अरबले आफ्नो प्रतिवद्धता पुष्टि गर्छ,” उनले भने ।
शिखर सम्मेलनको मस्यौदा प्रस्तावमा प्यालेस्टिनी जनताका लागि ‘राष्ट्रिय अधिकार’ को लागि ‘दृढ समर्थन’ मा जोड दिइएको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण बिषय ‘उनीहरूको स्वतन्त्रताको अधिकार र एक स्वतन्त्र, सार्वभौम राज्यको अधिकार’ हो भनिएको छ।
इजरायलका नवनियुक्त विदेशमन्त्री गिदोन सारले प्यालेस्टाइनी राज्य स्थापना गर्नु ‘यथार्थपरक’ नभएको भन्दै त्यसलाई ‘हमास राज्य’ को संज्ञा दिएको केही घण्टापछि साउदी राजकुमारको भनाई प्यालेष्टिनी पक्षमा आएको हो ।
सारले जेरूशेलममा एक कार्यक्रममा एक प्रश्नको जवाफमा भने, “यो स्थिति अब यथार्थवादी छ भन्ने मलाई लाग्दैन । हामी यथार्थवादी हुनुपर्छ।”
साउदी विदेश मन्त्रालयले अक्टोबरको अन्त्यमा रियादमा भएको एक बैठकमा प्यालेस्टिनी राज्यको स्थापनाको लागि दबाब दिन एक नयाँ ‘अन्तर्राष्ट्रिय गठबन्धन’ को बैठकको क्रममा शिखर सम्मेलनको योजनाको घोषणा गरेको थियो।
कायरोस्थित अरब लिग र जेद्दाहस्थित इस्लामिक सहयोग संगठनको रियादमा भएको जस्तै भेलामा गाजामा इजरायली सेनाको गतिविधिलाई ‘बर्बर’ भन्दै नेताहरूले निन्दा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फा यू–१६ युथ लिग फुटबल : उद्घाटन खेलमा चर्च ब्वाइजको रोमाञ्चक जित
-
तस्बिरमा हेर्नुहोस् मध्यपुर महोत्सव
-
माउन्ट एभरेष्ट मोटर स्पोटर्स फेस्टिभल जनवरीको पहिलो साता
-
किन निलो रङको पगरी लगाउँथे मनमोहन सिंह ?
-
तिब्बतमा विश्वको सबैभन्दा ठुलो बाँध बनाउँदै चीन
-
दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन, सबै प्रदेश र जिल्लामा मतदान अधिकृत तोकियो