कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु
सोमबार, २६ कात्तिक २०८१, २१ : ३३

कैलाली । कुटपिट घटनामा घाइते भएका कैलालीको गौरीगङ्गा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका धर्म विक, विशाल विक, जङ्ग भुल, प्रकाश भुल र रमा रावललाई प्रहरीले पक्राउ गरेको छ । मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ कैलालीको सदस्य र राष्ट्रिय दलित पत्रकार सङ्घका जिल्ला सहसचिव रहेको जनाइएको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घ कैलालीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा सङ्लग्न माथि कारबाही गर्न माग गरेको छ । बाख्रा चोरेको आरोपमा भुललाई शनिबार राति सोही ठाउँमा सामूहिक कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म